Logo

एलजीको ओलेड टिभी ११ वर्षदेखि निरन्तर

काठमाडौं– एलजीले विश्व टिभी बजारमा एकल पकड राख्न सफल भएको छ । ११ वर्षसम्म ओलेड टिभी बजारमा लगातार आफ्ना पकड राख्न सफल भएको कम्पनीको दावी छ । बजार अनुसन्धान कम्पनी ओएमडीआईएका अनुसार एलजीले गत वर्ष विश्व ओलेड बजारमा ३ मिलियन ओलेड टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ ।

प्रिमियम अल्ट्रा–लार्ज टेलिभिजनको माग बढ्दै गएकाले एलजीले आफ्ना ओलेड टेलिभिजन लाइनअपलाई व्यापक रेञ्जका वायरलेस ओलेड टेलिभिजन मोडेलहरूसहित विस्तार गरिरहेको पनि कम्पनीले उल्लेख गरेको छ । जसमा उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्दै उन्नत एआई प्रोसेसर, ए (अल्फा) ११ एआई प्रोसेसर पनि समाविष्ट रहनेछन्। एलजीको नवीनतम ओलेड टेलिभिजनले वेबओएस स्मार्ट टेलिभिजन प्लेटफर्मसहित व्यक्तिगत गृह–मनोरञ्जन अनुभव प्रदान गर्नेछ ।

एलजीले नेपालमा पनि बिगत ३५ वर्ष देखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्तका साथै विगत केही वर्षदेखि एआई सम्मिलित उत्पादनहरू भित्र्याए ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको बताइएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्