Logo

आज बस्ने भनिएको प्रतिधिनिसभा बैठक स्थगित

फाइल तस्बिर ।

काठमाडौं- प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ ।

“प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्