Logo

सत्ता गठबन्धन टुट्यो, आजै मन्त्री हेरफेर हुने

काठमाडौं- कांग्रेस, माओवादी, नेकपा एससहितको वर्तमान सत्ता गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोड्दै नेकपा (एमाले), रास्वपा र जसपासँग सहकार्य गर्न लागेका हुन् । तीन पार्टीबीच भएको सहमतिअनुसार आजै मन्त्री हेरफेर हुने बताइएको छ ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ट्विटरमा लेख्दै आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका छन् । हिजो राति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्