Logo

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका प्रसाई प्रमुख कार्यकारी अधिकृतमा चारबर्से कार्यकालका लागि नियुक्त भएका हुन् ।

नियमनकारी निकाय नेपाल बिमा प्राधिकरण (साविकको बीमा समिति) बाट बिमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बिमा क्षेत्रमा अनुभवि छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व गरेको अनुभव छ ।

साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्