Logo

कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति

काठमाडौं– नेपाल वायुसेवा सञ्चालक संघको नयाँ कार्यसमिति घोषणा गरिएको छ । बिहीबार भएको २३औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि समिट एयरका प्रवन्ध निर्देशक तथा संघका महासचिव मनोज कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्री एयरलाइन्सका कर्पोरेट प्रबन्ध अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएका छन् ।

नेपाल वायुसेवा सञ्चालक संघक सदस्यमा सुबास अमात्य, उमेश पनेरु, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, बिजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्