मानवसेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरमा अवस्थित मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ ।
सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावक विहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन बिताइरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको संस्था मानवसेवा आश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
मानवसेवा आश्रममा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरुको जिविकोपार्जन तथा सहजीकरणको निमित्त उक्त सामाग्रीहरु संस्थालाई हस्तान्तरण गरि मानवसेवामा समर्पित हुन पाउँदा हर्षित भएको बताए ।