Logo

सिटिजन्स बैंकद्वारा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु पस्कने क्रममा फोन पे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत क्यू.आर.भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोबार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने छ ।

हाललाई यस्तो सेवा भारतीय एप भिम र फोन पे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोन पे क्यू.आर.मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ एपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैंकिङ प्रयोग गरी भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्