Logo

यी हुन् मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनी

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनीको नाम सार्वजनिक गरेको छ । मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीमा जलविद्युत समूहका कम्पनीको संख्या भने निकै कम रहेको छ ।

नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीको नाम सार्वजनिक गरेको छ । कारोबार योग्य कम्पनीहरुको सूची सोही कार्यविधिको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम कम्पनीको सूची सार्वजनिक गरेको जनाएको छ ।

मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूमा १९ वाणिज्य बैंक, ८ विकास बैंक, ५ वित्त र १६ जलविद्युत् समूहका कम्पनी छन् । यस्तै, जीवन बीमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ र ४० वटा लघुवित्त कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य छन् ।

प्रतिक्रिया दिनुहोस्