Logo

रुकुममा औद्योगिक प्रदर्शनी हुने

रुकुम पश्चिम– उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले जिल्लामा औद्योगिक प्रदर्शनी गर्ने भएको छ । कार्यालयले जिल्ला सदरमुकाम खलंगामा आयोजना हुन लागेको महोत्सव स्थलमा औद्योगिक प्रदर्शनी पनि गर्न लागेको हो ।

यही फागुन १९ र २० गते हुने प्रतियोगितामा जिल्लाभरका १५ उद्यमीले आफूले उत्पादन गरेका वस्तु प्रदर्शनीमा राख्ने कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार त्यसका आधारमा उत्कृष्ट उत्पादनलाई छनोट गरेर पुरस्कृत गरिने छ । स्थानीय तहले छनोट गरेर पठाएका उद्यमीले प्रतियोगितामा भाग लिनेछन् भने प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगितामा जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परीमाणका बारेमा आम सर्वसाधारण एवं सरोकारवाला निकायलाई जानकारी गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्