Logo

सुरक्षाको प्रत्याभूति गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीमाथि भएका आक्रमणका घटनामा कमी नआएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अनुसार गत शनिबार बेलुका सुर्खेतस्थित वीरेन्द्रनगरपालिका–१ गैरीचोकमा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सदस्य एवं विनोद निर्माण सेवाका प्रोपाइटर विनोद गिरीमाथि गोली प्रहार भएको थियो ।

सोमबार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेका छन् । ‘यस घटनाबाट देशभरका निर्माण व्यवसायी सहित समग्र निजी क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
म्याद थपमा देखिएको जटिलताका कारण राज्यबाट पाउनु पर्ने अर्बौं रकमसमेत नपाई ठूलो मानसिक तनावमा रहेका निर्माण व्यवसायी यस घटनाबाट आतंकित भएको महासंघको भनाइ छ ।

महासंघले गोलीकाण्डमा संलग्न सबैलाई कानूनी कठघरामा ल्याई कार्वाही गर्न माग गर्दै देशभरका निर्माण व्यवसायीसहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्