Logo

बीवाइडीका ग्राहकलाई युरो फिफा कप हेर्ने मौका

काठमाडौं– नेपालका लागि बिवाइडी अटोको अधिकृत वितरक सिमेक्स इन्क प्रालिले युरो फिफा कप २०२४ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले बिवाइडी युरो फिफा कप २०२४ को इ मोबिलिटी पार्टनर रहेकाले यस स्किमले बीवाइडीका फुटबल प्रेमी ग्राहकलाई जर्मनीमा गई प्रत्यक्ष रुपमा युरो कपका खेलहरु हेर्ने मौका दिने बताइएको छ ।

युरो फिफा कप २०२४ आगामी जुन १४ देखि जुलाइ १४ सम्म जर्मनीमा हुँदैछ । युनियन अफ युरोपियन फुटबल एसोसिएसन र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाइडीसँगको सम्झौता महत्वपूर्ण साझेदारी रहेको कम्पनीको दावी छ । नविन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकवर्गको सन्तुष्टिमा सदैव प्रतिवद्ध सिमेक्स इन्क प्रालिका अनुसार ११ भाग्यशाली विजेताले युरो फिफा कपमा आफैं उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन् ।

यस स्किमद्वारा ग्राहकलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बीवाइडीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्