Logo

सहकारी संघमा नयाँ नेतृत्व

धनगढी–जिल्ला सहरी संघ लिमिटेड, कैलालीको नेतृत्व परिवर्तन भएको छ । संघको निर्वाचनबाट अध्यक्षमा फणिराज सापकोटा विजयी भएका हुन् । उनले १६९ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक लोकबहादुर विष्टले बताए । उनका प्रतिद्वन्दी कृष्णराज पाण्डेले १५९ मत पाएका थिए ।

संघको उपाध्यक्ष १९० मत प्राप्त गरी दिप्ती शाही विजयी भएका छिन् । उनका प्रतिद्वन्दी भूपेन्द्र थापा क्षेत्रीले १३१ मत ल्याएका थिए । सचिवमा जयप्रकाश न्यौपाने १७३ मत प्राप्त गरी विजयी भएका छन् भने सह–सचिवमा विश्वनाथ प्रसाद चौधरीले १५९ मत, कोषाध्यक्षमा गीतादेवी चौधरीले १५९ मत पाएर विजयी भएकी छन् ।

संघको राष्ट्रिय प्रतिनिधिमा शिवा थापा, सदस्यहरूमा डण्डीराज सुवेदी, मायाकुमारी चौधरी, भक्तबहादुर विश्वकर्म, सुरेन्द्रबहादुर बडुवाल, मोहनमती चौधरी, पूर्णबहादुर विष्ट, इच्छाकुमारी चौधरी र माघुलाल डगौरा थारू विजयी भएका छन् । संघको लेखा संयोजकमा मनमोहन विष्ट, लेखा सदस्यमा शर्मिलाकुमारी चौधरी र वुद्धिप्रसाद खनाल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्