Logo

लघुवित्त ऋणीहरु संसद परिसरमै पुगेर नारबाजी, केही प्रदर्शनकारी पक्राउ

काठमाडौं- लघुवित्त ऋणीहरुले संसद भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् । सरकारले संघीय संसद वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।

तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्