Logo

कार्यसम्पादन मूल्यांकनमा बिर्तामोड र हल्दिबारी उत्कृष्ट

बिर्तामोड– झापाका १५ वटै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका उत्कृष्ट भएका छन् ।

प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकन रिपोर्टअनुसार झापाका नगरपालिकामध्ये बिर्तामोड र गाउँपालिकामध्ये हल्दिबारी उत्कृष्ट भएका हुन् । झापाका नगरपालिकामध्ये बिर्तामोडले सबैभन्दा बढी ३७.४३ अंक र झापाका गाउँपालिकामध्ये हल्दिबारीले सबैभन्दा बढी ३२.३९ अंक प्राप्त गरेको छ । झापाका नगरपालिकामध्ये कनकाई नगरपालिकाले सबैभन्दा कम २३.९४ अंक, अर्जुनधारा नगरपालिकाले २६.२६ अंक पाएको छ ।

त्यस्तै मेचीनगर नगरपालिकाले २७.४६ अंक पाएको छ भने भद्रपुर नगरपालिकाले ३०.४७, गौरादह नगरपालिकाले ३१.९ अंक, शिवसताक्षीले ३५.८५ पाउँदा दमक नगरपालिको ३६.५७ अंक प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ कचनकवल गाउँपालिकाले सबैभन्दा कम १७.४४ अंक प्राप्त गरेको छ । गौरीगञ्जले २०.६५ अकं पाएको छ भने बाह्रदशीले २१ अंक पाएको छ ।

त्यसैगरी झापा गाउँपालिकाले २५.८ अंक, कमल गाउँपालिकाले २७.६६ अंक, बुद्धशान्ति गाउँपालिकाले २८.९८ अंक पाएको छ । स्थानीय तहको प्रयोजनका लागि १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो । संघीय सरकारले विनासर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान भएको र यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्