नेपाल इन्भेस्टमेन्ट बैंक र पशुपति क्षेत्र विकास कोषबीच सहकार्य

पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेस्टमेन्ट बैंकबीच भगवान् पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेको देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा चन्दाहरू दानपत्र वा भेटीपत्रमा चढाइने भेटी, चन्दाहरू दानपत्रवा भेटीपत्रमा चढाइएको रकम बैंकिङ प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गरी भेटी रकमलाई सुव्यवस्थापन गर्ने सहमति भई सुरुवात भएको बैंकले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्नकला तथा संस्कृति एवं पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउँदै आएको भन्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्र विकास कोषसँग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरूको निर्माण तथा पुनर्निर्माण गरिरहेको पनि जनाएको छ ।
पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्रहालय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जीर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफाईमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।