आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

आइएमई जनरल इन्स्योरेन्सले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पुराउने उद्देश्यले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रूपमा गरे । शाखाको उद्घाटन कार्यक्रममा राईले देशका विभिन्न भागका जनताहरूलाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराए । त्यसैगरी स्थानीय उद्योगी–व्यापारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यवसाय तथा सम्पत्तिको बिमा गराएर उच्चकोटीको सेवा लिन पनि उनले आग्रह गरे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बिमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडि बढिरहेको हुनाले आफनो सम्पत्तिको पूरा मूल्यमा बिमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न उपस्थित सबैलाई आग्रह गरे । कम्पनीले देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरूलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको यो शाखासहित २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउन्टर र प्रधान कार्यालयसहित ४२ स्थानबाट सेवाग्राहीलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउंदै निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालय खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने जानकारी दिए ।