Logo

एनसेल सामाजिक पहलका लागि १६५ प्रस्ताव प्राप्त

काठमाडौं– एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्ताव प्राप्त गरेको छ । कम्पनीले १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरि यो कार्यक्रम सञ्चालन गरेको हो ।

हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनको मूल्यांकन गरिरेहको जनाइएको छ । एनसेलले सातै प्रदेशका गैरनाफामूलक संस्थाबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो । एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोगलगायतका क्षेत्रमा विकास कार्य गर्न प्रस्ताव प्राप्त भएको छ ।

लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावनालगायतका आधारमा कार्यक्रम छानिने कम्पनीले बताएको छ । तोकिएको मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रतिकार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत १८ आयोजाना छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन् । बाँकी चार आयोजना प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिने छन् ।

प्रतिक्रिया दिनुहोस्