गरिमाको निःशुल्क खाता योजना

काठमाडौं– ‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटलले ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । क्यापिटलले ‘सित्तैमा’ डिम्याट र मेरोसेयर खाता खोल्न सकिने योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत नेपाली नागरिकले असार मसान्तसम्म सो सेवा लिन सक्ने बताइएको छ । ग्राहकले यो सुविधा क्यापिटलका केन्द्रीय कार्यालय, शाखा कार्यालय र रिलायन्स फाइनान्सका सम्पूर्ण शाखाबाट पाउने छन् ।