जिओनी ए वान लाइट अझ सस्तोमा «

जिओनी ए वान लाइट अझ सस्तोमा

जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक टेलिटक नेपाल प्रा. लि. ले जिओनी ए वान लाइट फोनको मूल्य कम गरी २०,५७० मा नै उपलब्ध गराउने जानकारी दिएको छ । ५.३० इन्च टचस्क्रिन रहेको जिओनी ए वान लाइटमा १.३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर रहेको छ र ३ जी.बी. र्याम रहेको छ । ३२ जी.बी. बाट २५६ जी.बी. सम्म इन्टरनल स्टोरेज बढाउन सकिने पनि कम्पनीले जनाएको छ । सेल्फी र ब्याट्रीमा सर्वोत्कृष्ट रहने प्रयासमा सदैव अग्रसर जिओनीको यो ए वान लाइट फोनमा पनि १३ मेगापिक्सलको प्रमुख क्यामरा र २० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ भने ४००० एम ए एच ब्याट्री रहेको छ । कम्पनीले जनाए अनुसार जिओनी ए वान लाइटको माग बजारमा व्यापक रहेको र युवा समुदायबीच यसको ख्याति बढेका कारण यही फागुन २ गतेदेखि लागू हुने गरी जिओनी ए वान लाइटको मूल्य कम गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्