Logo

सिन्धुलीमा स्वास्थ्य चौकी निर्माण गर्न जापानको सहयोग

काठमाडौं– जापान सरकारले सिन्धुलीमा स्वास्थ्य चौकी निर्माणको लागि सहयोग गर्ने भएको छ । स्वास्थ्य चौकी निर्माण सम्बन्धी सम्झौतामा नेपालको लागि जापानी राजदूत किकुता युताका र सहकार्य नेपालको अध्यक्ष सिरमला तामाङबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

यो परियोजना जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) को लागि अनुदान सहायताअन्तर्गत रहेको छ । जसअन्तर्गत ९ करोड ७० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । गोलन्जोर गाउँपालिका –१ मा रहेको स्वास्थ्य चौकीको पुनर्निर्माणमा यो परियोजनाले सहयोग गरेको छ । गोलन्जोर रहेको स्वास्थ्य चौकी ४० वर्षअघि निर्माण भएको हो ।

उक्त स्वास्थ्य चौकीको अवस्था कमजोर रहेको छ । भूकम्पीय दृष्टिले पनि उच्च जोखिम रहेको छ । यो परियोजना अन्तर्गत पुनर्निर्माण हुने स्वास्थ्य चौकीले यी अवस्थाहरूमा सुधार ल्याउने अपेक्षा गरिएको छ । यस परियोजनाले चिकित्सा क्षेत्रमा सुधार ल्याउने जापानी दूतावासको विश्वास छ । ग्रामीण क्षेत्रमा वातावरण र समुदायको स्वास्थ्य प्रवर्द्धन गर्न यसले सघाउने अपेक्षा जापान सरकारले गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्