Logo

चलायमान १० खर्बको अर्थतन्त्र

दसैंंले कुनै न कुनै रूपमा अर्थतन्त्रमा सघाउ पु-याएको हुन्छ । वर्षकै लामो छुट्टीदेखि पेशाकर्मीहरूका लागि अतिरिक्त आम्दानी हुने तथा व्यापार व्यवसायमा उल्लेख्य वृद्धि हुन्छ । अर्थविद् केशव आचार्यको बुझाइमा दसैं अर्थिक हिसाबले उल्लासमय पर्व हो । “हिजोका दिनमा जस्तो मिठो खाने र राम्रो लाउने पर्वमा मात्रै दसैं सीमित छैन,” आचार्य भन्छन्, “संस्कृति परम्परासँगै अर्थतन्त्रलाई चलायमान बनाउन दसैंलाई अर्थतन्त्रको महासंग्राम नै हो ।”दसैंंले कुनै न कुनै रूपमा अर्थतन्त्रमा सघाउ पु-याएको हुन्छ । वर्षकै लामो छुट्टीदेखि पेशाकर्मीहरूका लागि अतिरिक्त आम्दानी हुने तथा व्यापार व्यवसायमा उल्लेख्य वृद्धि हुन्छ । अर्थविद् केशव आचार्यको बुझाइमा दसैं अर्थिक हिसाबले उल्लासमय पर्व हो । “हिजोका दिनमा जस्तो मिठो खाने र राम्रो लाउने पर्वमा मात्रै दसैं सीमित छैन,” आचार्य भन्छन्, “संस्कृति परम्परासँगै अर्थतन्त्रलाई चलायमान बनाउन दसैंलाई अर्थतन्त्रको महासंग्राम नै हो ।”

 

दसैं : किनमेलकोे पर्व

नयाँ आयाम, सन्दर्भ, अर्थ र रूप भएको चाड हो दसैं । समाजशास्त्रीय हिसाबले दसैं भन्ने बित्तिकै पारिवारिक मिलन पनि भन्ने हो, तर दसैं हरेक तह र तप्काबाट आर्थिक रुपमा जोडिएको छ । जसले सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा उत्साह तथा हर्सोल्लास ल्याउँछ र अर्थतन्त्रलाई चलायमान बनाउँछ । दसैंं तिहारमा विदेशिएका नेपालीहरू फर्कने, रेमिट्यान्स आप्रवाह बढ्ने, अटोमोबाइलको बिक्री बढ्ने, यात्रुको चाप, लत्ताकपडाको व्यापार, मासु तथा मदिराको बिक्रीलगायत सम्पूर्ण कारोबार ह्वात्तै बढ्ने भएकोले पनि दसैंं, तिहार तथा छठमा करिब १० खर्ब रुपैयाँ बराबरको अर्थतन्त्र चलायमान हुने अनुमान गरिएको छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने नेपालको अहिलेको अर्थतन्त्र ३० खर्बको छ । यस अनुसार दसैं तिहार लगाएको चाडवाडमा वर्षभरि हुने कारोबारको हिस्साको ३० प्रतिशत हो । हरेक नेपालीले मनाउने दसैंंले कुनै न कुनै रूपमा अर्थतन्त्रमा सघाउ पु-याएको हुन्छ ।
वर्षकै लामो छुट्टीदेखि पेशाकर्मीहरूका लागि अतिरिक्त आम्दानी हुने तथा व्यापार व्यवसायमा उल्लेख्य वृद्धि हुन्छ । अर्थविद् केशव आचार्यको बुझाइमा दसैं अर्थिक हिसाबले उल्लासमय पर्व हो । हिजोका दिनमा जस्तो मिठो खाने र राम्रो लाउने पर्वमा मात्रै दसैं सीमित छैन,” आचार्य भन्छन्, “संस्कृति परम्परासँगै अर्थतन्त्रलाई चलायमान बनाउन दसैंलाई अर्थतन्त्रको महासंग्राम नै हो ।” उनको बुझाईमा वर्षको कुल व्यापार मध्ये २५ प्रतिशत हिस्सा दसैंमा मात्रै हुन्छ । त्यसो त आम नेपालीले दसैंमा सबैभन्दा बढी किनमेल गर्ने प्रचलन छ । दसैंंका बेला अन्य पर्वमा भन्दा स्वदेशी बस्तुको पनि बढी नै खपत हुन्छ । आम किसानले पालेका खसीबोकादेखि उत्पादन गरेका खाद्यान्न र तरकारीको बढी प्रयोग हुने भएकाले यो पर्व स्वदेशी उत्पादकहरूका लागि पनि महत्वपूर्ण छ ।
दसैंमा उपत्यकामा ४० देखि ५० हजारको संख्यामा खसीबोका खपत हुने अनुमान गरिएको छ । दसैंमा सबैले अनिवार्य रूपमा माछामासु उपभोग गर्ने हुँदा खपत बढ्छ । यद्यपि सरकारले ३ हजार खसी बोका बिक्रि गर्ने तयारी गरेको छ । व्यवसायीहरूले गाउँगाउँमा गएर खसीबोका खरिद गर्न थालिसकेका छन् । माछामासुको पर्वका रूपमा लिइने दसैंमा सबैजसोले माछामासु उपभोग गर्ने हुँदा खपत धेरै हुने गरेको छ । देशको अर्थतन्त्रलाई नजिकबाट नियालिरहेका अर्थशास्त्री प्राध्यापक डा. गोविन्द नेपाल पनि वर्षभरको सम्पूर्ण अर्थतन्त्रको करिब ४० प्रतिशत अर्थतन्त्रको हिस्सा दसैंँ, तिहार र छठको रहेको बताउँछन् ।
“सामान्य अवस्थामा मात्रै पनि प्रत्येक महिना ८.३ प्रतिशतको दरले दुई महिनामा १६.७ प्रतिशत उपभोग गरिन्छ,” उनी भन्छन् “त्यसको दाँजोमा दसैंं तिहार तथा छठको समयमा दुई गुणाभन्दा बढी उपभोग बढ्ने भएकोले समग्र वर्षभरको अर्थतन्त्रमध्ये उक्त चाडवार्डमा ४० प्रतिशत हिस्सा ओगट्ने भएको हो ।” दसैंको समयमा आयात अत्यधिक हुने खपत पनि अत्यधिक हुने र उपभोग पनि अत्यधिक हुने समय भएकोले दसैंले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरेको उनको बुझाइ छ ।
दसैंमा प्रयोग हुने जमरा, रातो टिका जस्ता सामान्य भन्दा सामान्य कुरा पनि आयात हुने गरेको छ । यस्तै, दसैंंमा अत्यधिक खपत हुने तयारी पोशाक र जुत्ता चप्पलको स्वदेशी उत्पादनसमेत न्यून रहेकाले आयातमै भर पर्नुपर्ने अवस्था छ । बिलासी गाडी, मोबाइल टिभीजस्ता इलेक्ट्रोनिक्स सामग्री तथा सुनलगायतका वस्तुहरूको खरिद बिक्री पनि अत्यधिक बढ्ने भएकोले आयात पनि उत्तिकै बढ्ने गर्दछ । दसैंंमा चल सम्पत्ति जोड्ने परिपाटी पनि बढेर गएको छ । गाडी व्यवसायीहरूले दसैंंलाई लक्षित गर्दै भदौदेखि नै नाडा अटो शोको रुपमा गाडी मेलाको आयोजना गर्नेदेखि दसैंंमा विभिन्न छुट योजनाहरू सार्वजनिक गर्ने गर्छन् । अटोमोबाइल व्यवसायीहरूका अनुसार वर्षभरि हुने कुल सवारीको कारोबारमध्ये करिब ३० प्रतिशत दसैंंकै बेला हुने गर्छ । राजधानीको एकमात्र प्रदर्शनीस्थल भृकुटीमण्डपमा पनि दसैंलाई लक्षित गरी विभिन्न मेलाहरू सञ्चालन भइरहेका छन् भने राजधानीबाहिर पनि यस्ता थुप्रै मेला सञ्चालनमा छन् ।
अर्का अर्थविद् डा. चन्द्रमणि अधिकारीको बुझाईमा दसैंले आर्थिक क्रियाकलापसँगै सामाजिक र सांस्कृतिक लाभहरू बढि हुने गर्दछ । उनी भन्छन्, “औषतमा ३० प्रतिशतको किनमेल यही दसैंको बेला हुने गरेको गर्दछ, सामाजिक सद्भावमा राम्रो प्रभाव पारेपनि दसैंको अर्थतन्त्रले नेपालीहरूको आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने बाध्यताका कारण कतिपय अवस्थामा बिचलन ल्याउने पनि देखिन्छ ।”उनले दसैंले समग्र अर्थतन्त्रलाई भने चलायमान बनाउने बताए । ३० खर्बको नेपाली अर्थतन्त्रका लागि दसैंं र यसलगत्तै आउने दुई महत्वपूर्ण पर्वहरू तिहार एवं छठ निकै नै महत्वपूर्ण पनि छन् । दसैंंको १५ दिनमा हुने खर्च सामान्य अवस्थामा झन्डै तीन महिना हुने खर्चबराबर हुने अनुमान गरिन्छ ।
दसैंंमा अर्कोतर्फ मनोरञ्जन र यात्रामा पनि ठूलो खर्च हुने गरेको छ । ट्राफिक प्रहरीको अनुमानअनुसार दसैंंका बेला करिब ३० लाख मानिस राजधानीबाट बाहिरिन्छन् भने झन्डै त्यत्तिकै संख्यामा अन्य सहरी क्षेत्रबाट अर्कोतर्फ आवतजावत गर्दछन् । जसले दसैंलाई ग्रमिण अर्थतन्त्र जोड्ने प्रमुख पर्व मान्न सकिन्छ । अर्को कुरा दसैंँ खर्च गर्ने बेला पनि हो । वर्षभरि साँचेको नगदले मन फुकाएर उपभोगका सामग्री जुटाउने यो चाडले नेपाली अर्थतन्त्रको गतिलाई अलि वेगले अघि बढाउँछ ।
पैसा बजारमा आउँछ । अन्न, फलफूल, माछा, मासु, दूध, दही, लत्ताकपडा र अन्य उपभोगका सामग्री घर–घर पुग्छन् । पछिल्ला दिनहरूमा आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेकाले क्रयशक्ति बढेको छ । उनीहरूको खर्च बढ्नु बढेको अर्थतन्त्रका लागि उत्साहको सूचकसमेत मान्न सकिन्छ ।
दशैंले जनताको आय बढेकै हदमा दसैंँ आनन्ददायी हुन्छ । त्यसैले समाजलाई असमानता, द्वन्द्व र विभाजनबाट मुक्त बनाउने काम पनि दसैंले गरिरहेको हुन्छ । दसैंको बेला अन्य समयमा भन्दा विदेशबाट भित्रिने रेमिट्यान्समा पनि उल्लेख वृद्धि देखिन्छ । पछिल्लो पाँच वर्षको रेमिट्यान्स ट्रेण्डलाई हेर्दा अन्य महिनाको तुलनामा दसैंको समयमा धेरै रेमिट्यान्स भित्रिने गरेको छ । चाडवाडमा नेपालीहरूको नयाँ नयाँ लगाउने, मिठो खाने संस्कृति भएकाले चाडपर्वका लागि भन्दै विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेका यो समयमा रेमिट्यान्सको आप्रवाह दोब्बर बढी हुने गरेको छ । यस्तै दशैं, तिहार, छठलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा रेमिट्यान्स कम्पनीहरूले आकर्षक उपहार योजनासहितका अफर सञ्चालन गरेका छन् ।
यद्यपि दसैंँसँग अनेकौं मिथक र बिम्बहरू जोडिएका छन् ।
अन्यायमाथि न्यायको विजयको कथा पनि दसैंँसँग जोडिएकोले दसैंले सामाजिक सद्भावसँगै कतिपय अवस्थामा बिचलन आउने खतरा पनि त्यतिकै बढेको देखिन्छ । दसैंको निहुमा आउने बिचलन बिकृतिलाई रोकेर स्वदेशी उत्पादनको बढावा दिन सकेमा भोलिका दिनमा दसैंले जनतामा उत्साह ल्याउने निश्चित छ । 

प्रतिक्रिया दिनुहोस्