Logo

टेकु अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

काठमाडौं- हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।

नगद संकलन काउन्टर सञ्चालन सम्बन्धी सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका हुन् । अस्पतालसँगको सम्झौता अनुसार ९ फागुन (बुधबार) देखि काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको काउन्टरबाट सार्वजनिक बिदाका दिनका साथै २४ सै घण्टा सेवा प्राप्त हुने बैंकले जनाएको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्