सात करोड लगानीमा आँटीघर भिलेज जंगल रिसोर्ट

पोखरा– पोखरा महानगरपालिका– २० मा पर्ने आर्टीघर मौजामा सात करोडको लगानीमा आँटीघर भिलेज जंगल रिसोर्ट सञ्चालनमा आएको छ । १५ वर्ष हङकङ बसेका सरोज गुरुङले आफ्नै पुर्ख्यौली थलोमा ३२ रोपनी जग्गामा ५ वटा भिल्लासहितको रिसोर्ट सञ्चालनमा ल्याएको बताए । विदेशमा सिकेकोसीप र केही रकम आफ्नै पुर्ख्यौली क्षेत्रमा गाउँको कृषि पर्यटन प्रवर्द्धन गर्न आफ्नो रिरसोर्ट कोषेढुंगा सावित हुने बताए ।
उनले आफूहरुले स्थानीय कृषि उत्पादनको बजार सुनिश्चित गरेको दाबी गरे । रिसोर्टले केबल आटिघरको मौलिक र अर्गानिक खानेकुरा प्रथामिकता दिने सञ्चालक गुरुङको भनाइ छ । हङकङमा रहेर रात्रीकालीन व्यवसाय, जिम र रेष्टुरेन्टमा सफल भएपछि आफ्नै जन्मथलोमा व्यवसाय गर्न लागेको बताउँदै उनले रिसोर्टबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमाल रेञ्ज ल्याण्डस्केलमा देख्न सकिने दाबी गरे । ‘आँखै अगाडि मनोरम हिमाल, स्वच्छ हावाका साथमा पर्यटक रमाउन सक्छन्’ उनले भने ।
३ वर्षको मेहनत लगाएर रिसोर्ट तयार पारेको उनले सुनाए । गाँउमा ६० घरधुरी रहेको उल्लेख गर्दै सञ्चालनक गुरुङले रिसोर्टमा अर्गानिक खाना पस्कने जनाए । तीन बेडसहित रहेको भिल्लामा एक रात बसेको ७ हजार रुपैयाँमा साथमा बिहानको खाजा उपलब्ध हुने रिसोर्टले जनाएको छ । रिसोर्ट पुगेपछि टेन्टमा बस्न चाहनेले टेन्टमा व्यवस्था हुने गुरुङले उल्लेख गरे । टेन्टको प्रतिरात १ हजार ५ सय रुपैयाँ रहेको छ ।
पोखरा बजारदेखि ११ किलोमिटर दूरीमा रहेको आटिघर मौजामा रहेको रिसोर्टमा पुग्न सकिन्छ । रिसोर्ट ढुंगाले छापिएको छ भने मलेसियन सालको काठहरु प्रयोग गरिएको छ । आर्टीघर मौजा जाने सडकको पूर्वाधार निर्माणमा स्थानीय सरकारले भलाम र्याले चौरबाट तत्काल मर्मत गर्न आग्रह गरे । ‘म आफ्नो देशमा केही हुन्छ भनेर आएको छु’ उनले भने, ‘मलाई यहाँ राज्यले लगानीमैत्री वातावरण बनाइदिनु पर्यो ।’