Logo

बीमा सर्भेयर संघको अध्यक्षमा पुनः ढकाल

ललितपुर- बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल आगामी दुई वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् ।

यसैगरी संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहेका छन् । एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटक कार्यसमितिमा उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्