Logo

नेपाल बिटुमिनमा तीन सञ्चालक

काठमाडौं– नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा विगतमा इण्डियन आयल कर्पोरेशन लि.बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको जानकारी दिए ।

उनले यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकामा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल हुँदा आ.व. २०७९/०८० मा बिक्री वृद्धि भएको बताए । उद्योगलाई निजीकरण गरिएका उद्योगमध्ये नमुना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको उनले बताए ।

विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादनसमेत वृद्धि गरी बजारमा पठाउने गरिएको छ । सभामा सर्वसाधारण तथा कर्मचारी कामदारको तर्फबाट अशोककुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकाश आचार्य चयन भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्