Logo

जलविद्युतमा लगानी

खुसिबुँ, नयाँबजार, काठमाडौंका लगानीकर्ता जगदीश्वरलाल श्रेष्ठ आफूसँग ९० भन्दा बढी हाइड्रोपावर कम्पनीको सेयर भएको बताउँछन् । सायद हाइड्रोपावर कम्पनीको सेयर भएका लगानीकर्तामध्ये सबैभन्दा बढी हाइड्रोपावर कम्पनीको सेयर भएको हुनुपर्छ जगदीश्वरलाल श्रेष्ठसँग । पछिल्लो समय जलविद्युत कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण र विश्वास बढेको देखिन्छ । पछिल्लो समय सेयर बजारमा हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको देखिन्छ ।

कतिपय हाइड्रोपावर कम्पनीको सेयर मूल्य नामचिन भनिने वाणिज्य बैंकको सेयरको मूल्यभन्दा बढी भएको देखिन्छ । केही हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताहरू झुम्मिएका पनि देखिन्छन् । केही जलविद्युत कम्पनीको सेयरले त सर्किट हान्ने गरिरहेका छन् । केही सेयर बजारका ठूला लगानीकर्ता, सेयर बजारका जानकार र सेयर बजारका विश्लेषक भनिनेहरूले हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरू घाटामा जान्छन् भनिरहँदा पनि तिनीहरूको भनाइलाई लगानीकर्ताहरूले धोती लगाइदिए ।

हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने हल्लाले पनि हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको वा बढाइएको भन्ने चर्चा चल्ने गरेको छ सेयर बजारमा । त्यसो त पछिल्लो समय जलविद्युत कम्पनीको आइपिओ सेयर खरिदमा आवेदन दिने लगानीकर्ताको संख्या ह्वात्तै बढेको देखिन्छ । हाइड्रोपावर कम्पनीको प्राथमिक सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । प्रिमियम जारी भएका हाइड्रोपावर कम्पनीहरूमा पनि लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।

त्यसो त जलविद्युत् कम्पनीको प्राथमिक सेयरमा मात्र नभई दोस्रो बजारमा पनि लगानीकर्ताहरूको आकर्षण बढेको छ भन्दा फरक नपर्ला । पछिल्लो समय हाइड्रोपावर कम्पनीमा आइपिओ सेयरका लागि आवेदन दिनेहरूको संख्या नै १२ लाखभन्दा बढी भइसकेको छ । विगतमा हाइड्रोपावर कम्पनीका आइपिओ सेयरमा आवेदन दिनेहरू त्यति थिएनन् । त्यस बेला निष्कासन भएका हाइड्रोपावर कम्पनीका आइपिओ सेयरहरू सबै बिक्री हुँदैनथे भने नबिकेको आइपिओ सेयरको प्रत्याभूति लिने कम्पनीहरूले समेत प्रत्याभूति लिन आनाकानी गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

त्यस बेला सेयर बजारको दोस्रो बजारमा नै हाइड्रोपावर कम्पनीको सेयरको मूल्य घट्दो अवस्थामा थियो । १ सय रुपैयाँको सेयर दोस्रो बजारमा १ सयभन्दा कम मूल्यमा नै पाइने भएकाले त्यसबेला जलविद्युत कम्पनीहरूको आइपिओमा लगानीकर्ताहरूको आकर्षण घटेको देखिन्थ्यो । त्यस समयमा हाइड्रोपावर कम्पनीहरूको मात्र नभई अरू समूहको सेयरको मूल्य पनि घटेको देखिन्थ्यो । तर, पछिल्लो समय नेप्से बढेसँगै अरू कम्पनीका साथसाथै जलविद्युत् कम्पनीको सेयर मूल्यमा पनि बढोत्तरी भएको देखिन्छ ।

सायद यही कारणले पनि पछिल्लो समय हाइड्रोपावर कम्पनीको आइपिओ सेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको होला । पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताहरू पनि ह्वात्तै बढेका छन् । आइपिओ सेयर खरिदका लागि आवेदन दिनेहरूको संख्या नै २४ लाखभन्दा बढी भइसकेको छ । पछिल्लो समय आइपिओ सेयर खरिदमा आवेदन दिनेहरू ह्वात्तै बढेको देखिन्छ भने डिम्याट खाता खोल्नेहरू पनि ६० लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् ।

त्यसो त प्राथमिक बजारमा मात्र नभई दोस्रो बजारमा पनि हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । बजारमा धेरैजसो हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको पनि देखिन्छ । यस कारणले पनि हाइड्रोपावर कम्पनीको आइपिओ सेयरमा लगानीकर्ताको विश्वास बढेको हो भन्दा फरक नपर्ला । पछिल्लो समय सेयर बजारमा चाहे प्राथमिक बजार होस् वा दोस्रो बजारमा, लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । तर पनि प्राथमिक बजारमा भने लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको देखिन्छ । नयाँ–नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरिरहेका छन् ।

नयाँ–नयाँ लगानीकर्ताको आकर्षण प्राथमिक बजारमा नै हुने गरेको छ । धेरैजसो लगानीकर्ताको प्रवेश प्राथमिक बजारबाट नै हुने गरेको छ । प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोस्रो बजारमा जोखिम अलि बढी हुन्छ । लामो अवधिका लगानीकर्ताका लागि प्राथमिक बजारमा लगानी गर्नु नै उपयुक्त हुने बताउँछन् सरोकारवालाहरू । प्राथमिक बजारबाट लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरेपछि आखिरमा गन्तव्य त दोस्रो बजार नै हो । कतिपयको भनाइमा प्राथमिक बजारमा लगानीकर्ताहरू ह्वात्तै बढेसँगै आइपिओ पाउन पनि गाह्रो हुँदै गएको छ ।

पहिला जलविद्युत कम्पनीको प्राथमिक सेयर नबिक्ने अवस्था थियो भने अहिले १० कित्ता सेयरका लागि पनि गोलाप्रथाबाट सेयर बाँडफाँड गर्नुपर्ने अवस्था आइसकेको छ । पछिल्लो समय जलविद्युत कम्पनीले माग गरेभन्दा पनि कैयौं गुणाले बढी आवेदन पर्ने भएकाले गोला प्रथाबाट सेयरको बाँडफाँड गर्नुपरेको बताउँछन् सरोकारवालाहरू । जलविद्युत कम्पनीको आइपिओ सेयरमा लगानीकर्ताको विश्वास पनि बढेजस्तो देखिन्छ ।

त्यसो त कतिपय लगानीकर्ताले जलविद्युत कम्पनीका लगानीकर्ताको पनि दिन आउँछ भन्ने पनि गरेका छन् । त्यसका लागि जलविद्युत कम्पनीका सेयरधनीहरूको धैर्यता भने हुनुपर्छ । सेयर बजारमा लागेका सबै लगानीकर्ताको धैर्यता हुनुपर्छ, होल्ड गर्न सक्ने क्षमता हुनुपर्छ भने सेयर बजारमा चल्ने हल्लाको पछि लागेर डराउने, आत्तिने गर्नुभन्दा पनि सेयर बजारको सही जानकारी लिएर लगानी गर्न सक्ने क्षमता लगानीकर्ताहरूमा हुनुपर्छ । सेयर बजारमा हल्लाको खेती गरेर बजारलाई आफ्नो अनुकूल बनाउन चलखेल गर्ने लगानीकर्ताहरू पनि नभएका होइनन् ।

हल्लाको पछि लागेर वैकुण्ठ मानन्धरजस्तो दौडिने अनि आफूलाई नोक्सानीमा पार्ने लगानीकर्ताहरू पनि नभएका होइनन् सेयर बजारमा । चाहे प्राथमिक बजारमा होस् वा दोस्रो बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूले हल्ला र अरूको देखासिकीबाट, अरूको लहलहैमा लागेर सेयर बजारमा लगानी गर्नुभन्दा पनि आफूले सेयर बजारका बारेमा राम्ररी जानकारी लिएर, कम्पनीका बारेमा राम्ररी अध्ययन गरेर सेयर बजारमा लगानी गर्नुपर्ने देखिन्छ । सेयर बजारमा उतारचढाव भने भइ नै रहन्छ ।

नेप्से कहिले बढ्छ त कहिले घट्छ । सेयर बजारमा नेप्से सधैं बढ्ने र सधैं घट्ने भइरहँदैन, घटबढ भइरहन्छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले सेयर बजारका कम्पनीहरूको वस्तुस्थितिका बारेमा जानकारी लिएर अध्ययन गरी लगानी गरेमा सेयर बजारबाट लाभ लिन सकिने हुन्छ । अबका दिनमा पनि थुप्रै जलविद्युत् कम्पनीका आइपिओ सेयर निष्कासन हुने देखिन्छ । धेरैजसो जलविद्युत कम्पनी त निष्कासनको पाइपलाइनमा नै रहेको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्