सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच सम्झौता

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको दरबारमार्ग स्थित सिटिस्केप थकालीबीच सम्झौता भएको छ । सो सम्झौतासँगै बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।