नेपाली क्रिकेट उत्साहीहरूका लागि डिशहोमले ल्यायो पाकिस्तान सुपर लिग

काठमाडौं- डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।
नेपालीहरुको क्रिकेट प्रतिको आकर्षलाई हेर्दै १७ फेब्रुअरी बाट पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डसहोमले गर्ने भएको हो । १७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउने जनाइएको छ ।
एक्शन स्पोर्ट्स एच.डि. मा विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा आफू रम्न सक्ने विश्वास लिईएको छ ।