Logo

गोकर्णेश्वरमा हेल्थ कार्ड सुरु

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ ।

यो सेवा सुरु गर्ने गोकर्णेश्वर नगरपालिका मुलुककै पहिलो स्थानीय निकाय भएको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘नगरवासीको सुस्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै आएको गोकर्णेश्वरको यो पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा सावित हुनेछ’ पत्रकार सम्मेलनमा नगरप्रमुख दीपक रिसालले भने ।

स्वास्थ्य सेवामा जोडिने सेवाग्राही वा नागरिक, सेवा प्रदायक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, समन्वय र सुपरीवेक्षण गर्ने वडा कार्यालय एवं नगरपालिकाले तोकेका सरोकारवालालाई एकीकृत प्रकृतिले जोडेर एक ‘पालिका स्वास्थ्य प्रणाली र मोडल’ बनाउने सफ्टवेयरको माध्यमबाट नगरबासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टकृत युनिक हेल्थ आइडीको सहयोगबाट सुरक्षित राख्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्