जुनेलो खेतीबाट आय आर्जन

विविध भूगोल र समृद्ध कृषि अभ्यासका लागि परिचित नेपालले जुनेलो खेतीबाट यहाँका जनताको जीविकोपार्जनमा उल्लेखनीय प्रभाव पार्दै आएको छ । जुनेलो, एक बहुमुखी र द्रुत–वृद्धि हुने बिरुवा, देशभरका धेरै समुदायका लागि आयको महत्वपूर्ण स्रोतका रूपमा उभिएको छ । यस लेखले जुनेलो खेतीको आर्थिक महत्व र नेपाली जनताको आर्थिक समृद्धिमा यसको सकारात्मक प्रभावको खोजी गर्छ ।
देशमा जुनेलो खेतीको ऐतिहासिक सन्दर्भलाई अवलोकन गर्ने हो भने वर्तमान परिदृश्य बुझ्नका लागि राष्ट्रमा जुनेलो खेतीको ऐतिहासिक मूल जराको खोजी गर्नु आवश्यक छ । जुनेलो नेपाली संस्कृतिको अभिन्न अंगका रूपमा पहाडी भेगमा खाजाको रूपमा भुटेर खाने प्रचलन रहिआएको छ । यद्यपि, हालका वर्षहरूमा जुनेलोको खेती निर्वाहको प्रयोगबाट आकर्षक आर्थिक गतिविधिमा परिणत भएको छ । वस्तुतः जुनेलो खेतीले अर्थतन्त्रमा मात्र योगदान गर्दैन, तर वातावरणीय महत्व पनि राख्छ ।
यो द्रुत वृद्धि र विविध हावापानीमा फस्टाउन सक्ने क्षमताका लागि परिचित छ । यसको व्यापक प्रणालीले माटोको क्षरणलाई रोक्न मद्दत गर्छ । यसले खेतीका लागि वातावरणीय रूपमा दिगो विकल्प बनाउँछ । यो खण्डले जुनेलो खेतीले पारिस्थितिक संरक्षणप्रति राष्ट्रको प्रतिबद्धतासँग कसरी मिल्दोजुल्दो छ भनी अन्वेषण पनि गर्छ । विश्वमा जुनेलो उपभोगका दृष्टिकोणले हेर्ने हो भने अरू बालीहरूमध्ये चौथो खाद्यान्न बालीको स्तरमा पर्छ । एसियाका धेरैजसो मानिसले यसलाई खाद्यान्नमा प्रयोग गर्दै आएका छन् । यसलाई घाँसको रूपमा पनि वस्तुभाउलाई खुवाउनेसमेत गरिएको पाइन्छ ।
यसको दानामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुँदा गाईवस्तुको दूध उत्पादनका लागि राम्रो मानिन्छ । अमेरिका र यस्तै अन्य विकसित देशहरूले जुनेलो घाँस एवं दाना उद्योगका लागि कच्चापदार्थको रूपमा प्रयोग गर्छन् । हाम्रो मुलुकको कुरा गर्ने हो भने विशेष गरी पहाडी भागमा यो बढी पाइने गरेको छ । देशको पहाडी भेगमा जुनेलो विशेष गरी बिरामी मानिसहरूलाई खुवाउन हल्का खानाको रूपमा प्रयोग गरिएको पाइन्छ । जुनेलो बाली हाम्रो देशको कृषि तथ्यांकमा समावेश भएको पाइँदैन ।
यो बाली पूर्ण रूपमा लोप भइसकेको छ । तर पनि हाम्रो देशका कुना–कन्दराहरूमा बसोबास गर्ने साना स्तरका कृषकहरूले मात्र थोरै लगानीमा हुने भएकाले यो खेती गरेको पाइन्छ । तर, यो खेती उनीहरूले आफ्नो दैनिक खानामा प्रयोग गर्न मात्र गर्ने गरेको पाइन्छ । तर, यसको महत्व भने आज आएर धेरै नै भएको पाइन्छ । रोगी तथा बिरामीहरूको खाद्यान्नमा यसको प्रयोग गर्नु ज्यादै उपयुक्त भएको विज्ञहरूको ठहर छ । केटाकेटीदेखि वृद्ध सबैलाई खुवाउन योग्य खाद्यान्नका रूपमा रहेको पोषण विज्ञहरूको भनाइ अर्कातिर रहेको पाइन्छ ।
यसमा प्रोटिन १० देखि १२ प्रतिशत, चिल्लो पदार्थ ३ प्रतिशत र कार्बोहाइड्रट ७० प्रतिशत पाइन्छ । यो बाली खासगरीकन समुद्री सतहबाट १ हजार मिटरदेखि १ हजार ५ सयसम्मको उचाइमा राम्रो उत्पादन भएको पाइन्छ । जुनेलोको उपयोग विभिन्न देशमा विभिन्न प्रकारले प्रयोग हुँदै आएको पाइन्छ । हाम्रो देशमा भने जुनेलोको प्रयोग खासगरी खाद्यान्नका रूपमा जस्तैः रोटी, ढिँडो, हलुवा, भात र दाना भुटेर खाजाका रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ । त्यस्तैगरी पहाडी भेगमा पशुहरूको दाना र घाँसको रूपमा पनि प्रयोग हुँदै आएको छ । कुखुरा, हाँसका लागि चारो बनाउन पनि प्रयोग गरिएको पाइन्छ ।
त्यस्तै घरेलु उद्योगधन्दाहरूमा पनि पेय पदार्थमा प्रयोग हुँदै आएको पाइन्छ । त्यस्तैगरी पशुहरूका लागि साइलेज बनाई खुवाउने प्रचलन पनि रहेको पाइन्छ । यो खेती खासगरी सबै किसिमको हावापानीमा भएको पाइन्छ । यो बालीले सुक्खा सहन सक्छ । सिँचाइको सुविधा नभएको टार, फाँट तथा भित्री मधेसका क्षेत्रहरूमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । जाडो मौसममा खेती गर्दा भदौ महिनाको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म बीउ छरिसक्नुपर्छ । गर्मी मौसममा खेती गर्दा वैशाख–जेठमा बीउ छर्नुपर्छ ।
यसको केही ठण्डा क्षेत्रमा खेती गर्न उपयुक्त हुने जातको विकास गर्न मेक्सिको र अन्य विकसित देशहरूमा अनुसन्धान कार्य जारी छ । कम चिस्यान भए पुग्ने र खडेरी सहन सक्ने हुनाले विशेष गरी कम पानी पर्ने ऊष्ण क्षेत्रमा सफल हुने बालीहरूमा यसको प्रमुख स्थान छ । जुनेलोको उत्पादनतर्फ अवलोकन गर्ने हो भने उन्नत जातको जुनेलो सरदर १ सयदेखि १ सय १५ दिनभित्रमा पाक्छ । जुनेलो विशेष गरी मंसिरको दोस्रो र तेस्रो हप्तामा पाक्छ । जुनेलो पाक्नेबित्तिकै काट्नुपर्छ, नत्र जुनेलोको दाना झर्ने सम्भावना हुन्छ । जुनेलोको दाना कडा भएपछि अथवा २५ प्रतिशत चिस्यान कायम रहने गरी काट्नुपर्छ ।
साधारणतया अरू जुनेलोको जात अनुसार १ सय ५ दिनदेखि १ सय ४० दिनसम्ममा पाक्छ । यो बाली पूर्ण रूपले पाकेको यकिन भएपछि जुनेलोको बोटसमेत काटेर बालालाई अलग गर्नुपर्छ । बालालाई लट्ठीले चुटी तीन–चार दिन घाममा सुकाएर १३–१५ प्रतिशत चिस्यान कायम गरेर मात्र भण्डारण गर्नुपर्छ । विकसित देशमा भने यसको खेती उन्नत तरिकाबाट गरिएमा ५० क्विन्टल प्रतिहेक्टरसम्म उत्पादन हुन्छ । जुनेलो गाईवस्तुको आहाराका लागि खेती गर्ने हो भने १ सयदेखि १ सय २५ क्विन्टल प्रतिहेक्टर उत्पादनसम्म हुने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ ।
तर, हाम्रो देशको उत्पादन आँकडालाई अवलोकन गर्ने हो भने सरदर उत्पादन २ देखि साढे २ टन प्रतिहेक्टर रहेको अनुमान छ । समग्रमा भन्नुपर्दा मुलुकमा जुनेलोको खेती परम्परागत अभ्यासभन्दा बाहिर विकसित हुँदै देशको आर्थिक परिदृश्यमा प्रमुख खेलाडी बन्न पुगेको छ । यसको असर ग्रामीण जनजीवनमा परेको छ । यसरी पर्यावरणीय स्थिरता र विश्वव्यापी बजार एकीकरणले यसलाई थप अन्वेषण र विकासका लागि एक आकर्षक विषय बनाउँछ ।
अतः देशले जुनेलो खेतीको सम्भाव्यताको दोहन गरिरहँदा यहाँका जनता र अर्थतन्त्रमा परेको प्रभाव गहिरो र चिरस्थायी दुवै हुने देखिन्छ । जुनेलो खेती देशका धेरै किसान र ग्रामीण घरपरिवारको आम्दानीको प्रमुख स्रोतमध्ये एक हो । यसको स्वदेशी र अन्तर्राष्ट्रिय बजारमा उच्च माग र बजार मूल्य छ । मूलतः जुनेलो खेतीमा वृद्धि हुनुको मुख्य कारण यसको आर्थिक व्यवहार्यता हो । यसर्थ देशका धेरै ग्रामीण समुदायले जुनेलो खेतीलाई आम्दानीको माध्यमका रूपमा अँगालेका छन् । जुनेलो खेतीले ग्रामीण क्षेत्रका मानिसको जीविकोपार्जनमा ठूलो परिवर्तन ल्याएको छ ।
मुलुकमा धान, मकै, गहुँ, जौ, कोदो, फापरलगायत विभिन्न बालीनालीको खेती हुँदै आएको छ । यसबाहेक जुनेलो पनि एक किसिमको बाली हो । यो बाली अहिले आएर प्रायः नगण्य रूपमा रहेको पाइन्छ । पहाडी भूभागमा प्रयोग गर्ने खाद्य पदार्थमध्ये जुनेलो पनि एक किसिमको खाद्यान्न हो । हाम्रो देशमा यस खेतीलाई त्यति महत्व दिएको छैन । यो बालीको महत्व र खेती गर्ने तौरतरिकाबारे किसानहरूलाई पनि राम्रो ज्ञान नभएका कारण यसको खेती कम मात्रामा भएको पाइन्छ । देशमा खासगरी यसको खेती घरको वरिपरि र छेउछाउका स–साना क्षेत्रहरूमा गरेको पाइन्छ ।
यसले गर्दा पनि यो खेती नगण्य रूपमा भएको हो । सानोतिनो आर्य आर्जन हुने कृषकहरूले मात्र यसको खेती गर्दै आएको पाइन्छ । खासगरी मुलुकको दूरदराजमा समेत यसको खेती गरेको पाइन्छ । पहिले गाउँघरमा गरिब कृषकहरूले मात्र भुटेर खाजा र ढिँडोको रूपमा खाने हुँदा जुनेलोलाई हेयका दृष्टिले हेरिन्थ्यो भने विगत एक दशकदेखि राजधानीका विभिन्न तारे होटल एवं रेस्टुराहरूमा धनी भनाउँदाहरू यसका विभिन्न परिकारको स्वाद चाख्न जानेहरूको लाम लाग्ने गरेको पाइन्छ । यो बाली बढी पानी परेमा कुहिने हुँदा सिंचाइको आवश्यक नपर्ने र चाँडै पाक्ने बालीमा पर्छ ।
हाल सरकारले खासै चासो नदेखाएकाले जुनेलोको उत्पादनमा समेत लोप हुने स्थिति खड्किएको छ । जुनेलो बालीको माग भने दिनप्रतिदिन बढ्दो रूपमा छ भने उत्पादन कम भएका कारण मागअनुरूप आपूर्ति गर्न सकिएको छैन । बेलैमा सरकारले यस बालीप्रति सोचविचार पुर्याएर जुनेलो खेतीलाई आवश्यक महत्व दिई मल, बीउ, उन्नत औजार तथा प्राविधिक ज्ञानको व्यवस्था मिलाएको खण्डमा यस बालीको विकास भई स–साना कृषकको दैनिक रोजगारीका साथसाथै आयआर्जनमा समेत वृद्धि हुने कुरामा कसैको पनि दुईमत नहोला ।