Logo

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सानिगाडको प्रति सेयर एक सय रूपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ । सम्झौता भएको ६ महिनाभित्र कम्पनीले सेयर निष्कासन गरिसक्नु पर्नेछ ।

६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्