निवासमा पुगेर देउवालाई भेटे अमेरिकी राजदूतले «

निवासमा पुगेर देउवालाई भेटे अमेरिकी राजदूतले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–अमेरिकाबीचको सम्बन्धलाई थप मजबुद बनाउने, दुबै देशबीचको विकास साझेदारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । सभापति देउवाले अमेरिकी राजदूत बेरीसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, “अमेरिकी राजदूतसँग आज बिहान मेरो निवासमा भेट भयो । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो ।”

प्रतिक्रिया दिनुहोस्