कुमारी ‘गज्जब बचत’ खातामा स्वास्थ्य बीमा सेवा

काठमाडौं– कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहित कुमारी गज्जब बचत खाता योजना सार्वजनिक गरेको छ ।
न्युनतम मौज्दात एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खातामा परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहकमैत्री तथा समय सान्दर्भिक बनाउँदै जाने प्रतिवद्धता पनि जनाएको छ ।