महेन्द्र गुफामा पर्यटक बढे

पोखरा– पोखराको पुरानो पर्यटकीय गन्तव्य महेन्द्र तथा चमेरे गुफामा पर्यटक आउने क्रमबढेको छ । पछिल्लो ६ महिनामा महेन्द्र गुफामा १ लाख ६१ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिदा डेड करोड रुपैयाँ आम्दानी भएको छ । पुष मसान्तरसम्ममा महेन्द्र गुफामा डेड करोड बढी पर्यटक आगमन भएको महेन्द्र गुफा, चमेरे गुफा पर्यटकीय विकास समितिका सदस्य सचिव शिशिर पौडेलले बताए ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा महेन्द्र गुफामा ४८ हजार बिद्यार्थी, ६४ हजार नेपाली, ४६ हजार सार्क मुलुकका र १ हजार तेश्रो मुलुकका पर्यटकहरुले अध्ययन अवलोकन गर्न आएको उनले बताए । उक्त संख्यामा पर्यटकहरु महेन्द्रगुफामा अवलोकन गर्दा प्रवेश शुल्कबाट करिब १ करोड ५० लाख भन्दा बढी रकम संकलन भएको सदस्य सचिव पौडेलले बताए ।
त्यसैगरी महेन्द्र गुफदेखि नजिकै रहेको चमेरे गुफामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आन्तरिक तथा बाह्य गरी ९३ हजार पर्यटकको आगमन भएको समितिले जनाएको छ । पुष मसान्तरसम्ममा ३१ हजार ८ विद्यार्थी, ४३ हजार नेपाली, १६ हजार सार्क मुलुकका र १ हजार तेश्रो मुलुकका पर्यटकहरु चमेरे गुफामा अध्ययन अवलोकन गर्न आएको सचिव पौडेलले बताए ।
चमेरे गुफामा ६ महिनाको प्रवेश शुल्कबाट मात्रै करिब ७० लाख रुपैयाँ संकलन भएको छ । चमेरे गुफामा विश्वमै लोभ हुने अवस्थामा रहेका ५ प्रजातीका चमेरा पाइने समितिका संयोजक गुरुदत्त भट्टराईले बताए । उक्त गुफामा प्रवेश शुल्क फरक फरक रहेको छ । उक्त गुफामा प्रवेशको लागि विद्यार्थीको हकमा प्रति व्यक्ति ३०, नेपाली ५०, सार्क मुलुकका पर्यटकलाई ८० र तेश्रो मुलुकका पर्यटकहरुलाई १५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पोखराको पुरानो पर्यटकीय गन्तव्य भएकोले उक्त गुफा अवलोकन गर्न देश तथा विदेशबाट पर्यटकहरु आउने गर्छन् । यसैबीच, गत आर्थिक वर्षमा महेन्द्र गुफामा आन्तरिक तथा बाह्य पर्यटक गरी ३ लाख २० हजार पर्यटक भित्रिएका थिए । त्यसैगरी गत वर्ष चमेरे गुफामा करिब २ लाख पर्यटक चमेरे गुफा आएको तथ्याकंमा उल्लेख छ ।