सिटिजन्स बैंकको थप शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा यही असोज ७ गतेबाट १०२ औं शाखारहित बैंकिङ सेवाआरम्भ गरेको छ ।
उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका–२ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका–१ का अध्यक्ष विष्णुकुमार भुजेलले दीपप्रज्वलन गरी संयुक्त रूपमा उद्घाटन गरे ।
उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।