कुमारी बैंकको वार्षिक साधारण सभाबाट ६ सञ्चालक निर्वाचित «
Logo

कुमारी बैंकको वार्षिक साधारण सभाबाट ६ सञ्चालक निर्वाचित

काठमाडौं- कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक समितिको चुनावमार्फत् संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंगबहादुर राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्