स्वास्थ्य बीमा बोर्डका बर्खास्त नगर्न अदालतको आदेश «
Logo

स्वास्थ्य बीमा बोर्डका बर्खास्त नगर्न अदालतको आदेश

काठमाडौं– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको स्वेच्छाचारिता सर्वोच्च अदालतले पुनः अंकुश लगाएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गर्ने मन्त्री बस्नेतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

स्वास्थ्य बीमा बोर्डका बर्खास्त कार्यकारी निर्देशकको पक्षमा अदालतको आदेश स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई माघ ९ गतेको मन्त्रिपरिषद बैठकबाट स्वीकृति लिएर मन्त्री बस्नेतले माघ १६ मा उनलाई बर्खास्त गरेका थिए । यसअघि निलम्बन गरिएका बसौलालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेसँगै मन्त्री बस्नेतले पुनः स्पष्टिकरण सोध्दै उनलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

मन्त्री बस्नेतको आदेशपछि २४ पुसमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई हटाउन मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो । सोही सिफारिस बमोजिम माघ ९ को मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्न स्वीकृति दिएको थियो ।
सर्वोच्च अदालतले यसअघि असोज २६ मा बसौलालाई निलम्बन गर्ने निर्णयलाई यथास्थितिमा राख्नु भनी पुस ६ गते अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त अन्तरिम आदेश जारी भएकै अवस्थामा उनले दिएको स्पष्टिकरण सन्तोषजनक, चित्तबुझ्दो र सत्यतथ्यमा आधारित नभएको भनेर पुनः पुस १२ गते स्पष्टिकरण माग गरी माघ ९ गतेको मन्त्रिपरिषदको निर्णय र माघ १६ गतेको मन्त्री बस्नेतको निर्णयलाई यथास्थितिमा राख्न र कार्यान्वयन नर्गन सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिएको हो । कार्यकारी निर्देशक बसौलालाई केपी ओलीको सरकारले भानुभक्त ढकाल स्वास्थ्यमन्त्री रहँदा ४ वर्षका लागि २०७७ कात्तिक २० मा नियक्ति दिइएको थियो ।

यसअघि पनि सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाएर डा. श्रवणकुमार थापालाई नियुक्त गर्ने स्वास्थ्य मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयनमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्