Logo

शितगंगा महोत्सवमा दुई करोडको कारोबार

अर्घाखाँची– ‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्ध आत्मानिर्भरताको मूल आधार’ भन्ने नाराका साथ शितगंगा–२ सितापुर गैरी खेतमा महोत्सव समापन भएको छ । महोत्सवमा २ करोडभन्दा बढीको कारोबार भएको छ । करिब २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए ।

महोत्सवको लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा)ले उद्घाटन गरेका थिए । कार्यक्रमको समापन प्रदेश सांसद रामजी घिमिरेले गर्दै ‘पर्यटकीय क्षेत्रको विकास सँगै आर्थिक संमृद्धीका लागी मेलाहरु सञ्चालन हुदाँ व्यापार क्षेत्र चलायमान हुने बताए ।

महोत्सवमा विभिन्न कृषिलगायत ८० स्टल रहेका थिए । १ महिला उद्यमीलाई निःशुल्क स्टलको व्यवस्था गरिएको थियो । त्यस्तै ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई टिकट निःशुल्क रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्