यारिस क्रस हाइब्रिड नेपाली बजारमा

काठमाडौं– नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ कार सार्वजनिक गरेको छ । युनाइटेड ट्रेडर्स हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड नेपालमा सार्वजनिक गरेको हो ।
टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटिक हाइबिमसहितको हेडलाइट, एलइडी डीआरएल, एलईडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि उपलब्ध गराएको छ । यो नयाँ यारिस क्रसको लम्बाई ४३ सय १० एमएम, चौडाई १७ सय ७० एमएम र उचाई १६ सय १५ एमएम छ ।
यसमा २६ सय २० एमएम लामो ह्वीलवेस र १८ इन्चको टायर रहेको छ । हाइब्रिड पावरट्रेन भएकोले यसमा विद्युतीय मोटर र ४.३ एम्पियर आवरको ब्याट्री प्याक उपलब्ध छ।रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पनि रहेको कम्पनीले भनाइ छ । यारिस क्रस हाइब्रिडको नेपाली बजारमा मूल्य एक करोड २२ लाख रुपैयाँ तोकिएको छ ।