साताको अन्तिम दिन ३ अर्ब २१ करोड शेयर कारोबार «
Logo

साताको अन्तिम दिन ३ अर्ब २१ करोड शेयर कारोबार

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३४ अंकले बढेको छ । (आज) बिहीबार नेप्से ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा बन्द भएको हो ।

आज तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रूपैयाँको शेयर कारोबार भएको छ । (हिजो) बुधबार २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रूपैयाँको शेयर कारोबार भएको थियो । बुधबारको तुलनामा आज कारोबार रकम ३७ करोड रूपैयाँ बढी हो । यस दिन ३१७ वटा धितोपत्रको ९१ लाख ७१ हजार ७१० कित्ता शेयर किनबेच भएको हो । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको छ ।

यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयर मूल्य ९२३ रूपैयाँ २० पैसा कायम भएको छ । त्यस्तै, बुद्धभूमी हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७९ रूपैयाँ १० पैसा पुगेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को मूल्य सर्वाधिक ९.९७ प्रतिशतले घटेको छ ।

उक्त योजनाको मूल्य ८ रूपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, आरबिबी म्युचुअल फण्ड–१ को मूल्य ५.५३ प्रतिशतले घटेको छ । उक्त योजनाको मूल्य ७ रूपैयाँ ८६ पैसा कायम भएको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ६८९ रूपैयाँमा १८ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशत घटेको हो ।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा चन्द्रागिरी हिल्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ९२० रूपैयाँमा ८ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ । जलविद्युत समूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्