एक हप्तामै सकियो अनर एक्स नाइन बी ५जी

काठमाडौं- नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले हालै लन्च गरेको नयाँ स्मार्ट फोन अनर एक्स नाइन बी ५जी एक हप्तामै आउट अफ स्टक भएको छ । यो फोन ग्राहकले धेरै रुचाएकाले सात दिनभित्र पुनः स्टकमा आउने कम्पनीले जनाएको छ ।
अल्ट्रा बाउन्स ड्रप टेस्ट डिस्प्लेको विशेषता रहेको अनर एक्स नाइन बी ५जी ३ दिन ब्याट्री टिक्ने कम्पनीको दावी छ । सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेका लागि शीर्ष विकल्पको रूपमा रहेको यो स्मार्टफोनमा १०८ एम पी रियर क्यामेरा, २०(१२+८) जिबी र्याम र २५६ जिबी स्टोरेज जस्ता विशेषता रहेको छ ।