झ्यामोलोङमा हाइड्रोको बिक्री प्रबन्धकमा एलएस क्यापिटल

काठमाडौं– कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन करुवा सेती हाइड्रोपावर आयोजनाले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिने एक सय रुपैयाँ अंकित अकिंत दरका ५१ लाख कित्ता साधारण सेयर कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिक तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न एल एस क्यािपटललाई बिक्री प्रवन्धक नियुक्त गरेको हो ।
सो सम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई अर्ब ५५ करोड जारी पुँजी रहेको झ्यामोलोङ्गमा हाइड्रोले करुवा सेती हाइड्रोपावर आयोजना निर्माणको काम करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको छ ।
आयोजना निर्माण सम्पन्न भएसँगै यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।