ज्योति लाइफ इन्स्योरेन्सको एजेन्सी अवार्डस् नाइट «

ज्योति लाइफ इन्स्योरेन्सको एजेन्सी अवार्डस् नाइट

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आव २०७५-७६ मा उत्कृष्ट व्यवसाय गर्नु हुने देशभरिका अभिकर्ताहरूको प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्डस् नाइट दोस्रो संस्करण–२०७६ भव्यताका साथ सम्पन्न गरेको छ ।
दरबारमार्ग काठमाडौंस्थित होटल अन्नपूर्णमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनी सञ्चालक समितिका पदाधिकारी, कम्पनीका कर्मचारीहरू तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने देशभरका ३ सयभन्दा बढी अभिकर्ताहरूको उपस्थिति थियो ।
उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, ब्रान्ड एम्बेसडर राजेश हमाल, सञ्चालक जयन्तकुमार अग्रवाल, कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीद्वारा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मानपत्र तथा विभिन्न विधाका अवार्डहरू हस्तान्तरण गरे । उक्त कार्यक्रममा कम्पनीले ‘ज्योति थ्री–२० धन बहार’ नयाँ जीवन बिमा योजनाको औपचारिक रूपमा शुभारम्भ गरेको छ । उक्त बिमा योजनाअन्तर्गत १२, १५, १८ र २१ वर्ष अवधिको लागि बिमा योजना खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्