संघीय संसद्का महासचिव पाण्डेयद्वारा शपथग्रहण

काठमाडौं- संघीय संसदका नवनियुक्त महासचिव पद्यप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । बुधबार संसद भवनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।
शपथग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना लगायतको उपस्थिति रहेको थियो । (हिजो) मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए ।