रेड्मी नोट १३ सिरिज नेपालमा सार्वजनिक «
Logo

रेड्मी नोट १३ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो+फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।

यी तीनै मोडेलमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीको भनाइ छ । रेडमी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोन प्रविधिमैत्री भएको बताए । स्टाइलिश डिजाइन भएका यी स्मर्टफोनमा फाइभ जीको मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । मिडिया टेक हेलियो अल्ट्रासहित आउने रेड्मी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एण्ड्रोइड १३ मा आधारित तथा एमआइयुआई १४ मा राखिएको छ । स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी+२५६ जिबी वा १२ जिबी+५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ । यी १३ सिरिजका स्मार्टफोनहरु २४ देखि ५२ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै यी स्मार्टफोनको खरिदमा विभिन्न उपहार पनि पाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्