कर खारेजीको माग गर्दै सिनेमा घर बन्द «
Logo

कर खारेजीको माग गर्दै सिनेमा घर बन्द

काठमाडौं- सोमबार देशभरका सिनेमा घरहरु बन्द भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सांकेतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् ।

संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।

सिनेमा हलहरुमा सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) को कारण चलचित्र व्यवसायी धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिकरुपमा बिरोध स्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्