Logo

सिप्लाले नेपालमा सार्वजनिक गर्‍यो ’स्पिरोफाइ’

काठमाडौं– सिप्ला लिमिटेडले नेपालमा न्युमोटेकमा आधारित पोर्टेबल, वायरलेस स्पिरोमिटर ’स्पिरोफाइ’ सार्वजनिक गरेको छ । यसले नेपालमा अबस्ट्रक्टिभ एयरवे डिजिज (ओएडी) पहिचान र निदानमा क्रान्ति ल्याउने विश्वास लिएको छ ।

यससँगै विश्वव्यापी रुपमा नै श्वासप्रश्वास स्वास्थ्यमा सिप्लाको नेतृत्वदायी भूमिका थप सुदृढ हुने बताइएको छ । इन्टरनेशनल जर्नल अफ क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज २०२१ अनुसार नेपालमा सिओपिडीको प्रकोप दर अनुमानित ११.७ प्रतिशत छ । नेपालमा नसर्ने रोगमध्ये ४३ प्रतिशत क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी)का बिरामी छन् र यसका कारण अस्पतालमा भर्ना हुनेहरूको दर २.५६ प्रतिशत रहेको छ ।

सिप्लाको स्पिरोफाइले देशभरका डाक्टरहरूलाई अझ विशेष गरेर नेपालका ग्रामीण र दुर्गम क्षेत्रका बिरामीहरूको प्रारम्भिक पहिचान र निदान गरेर जीवनस्तरमा नै सुधार गर्न मद्दत गर्नेछ । स्पाइरोमेट्री सिओपिडी पहिचान र निदानका लागि उत्कृष्ट मानक हो । यद्दपि यसको ठूलो आकार, जटिल कार्यक्षमता, र स्पिरोमिटरहरूको नियमित मर्मतसम्भार गर्नुपर्ने आवश्यकताका कारणले यसको व्यापक प्रयोगमा अड्चन सिर्जना गरेको थियो । नेपालमा सिओपिडीका बिरामी कम निदान हुनु वा गलत निदानका घटनाहरू पनि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्