मेगा बैंक र आइडिया स्टुडियोबीच सम्झौता

मेगा बैंक नेपाल र आइडिया स्टुडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरूको प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
युवाहरूमा रहेको व्यावसायिक सोचलाई उद्यमशीलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले मेगा बैंक र आइडिया स्टुडियोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको भन्दै बैंकले सम्झौतापत्रमा मेगा बैंकका सीईओ अनुपमा खुञ्जेली र आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेको जनाएको छ ।
यस सम्झौताले व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरू लाभान्वित हुने विश्वास पनि बंैकले लिएको छ ।