आहा रारा पोखरा गोल्ड कपको उपाधि आर्मीलाई «
Logo

आहा रारा पोखरा गोल्ड कपको उपाधि आर्मीलाई

पोखरा– पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लवलाई ३–० को गोल अन्तरले पराजित गर्दै उपाधिसहित १२ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको हो ।

मोफसलको चर्चित आहा रारा पोखरा गोल्डकपमा पाँच पटकको च्याम्पियनलाई पाखा लगाउँदै आर्मीले उपाधि हात पारेको हो । आर्मीको जितका लागि जिलेप्सीजँग कार्की र फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे । खेलको ३८औं मिनेटमा आर्मीका जिलेप्सीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी ८३औं मिनेटमा घले र खेलको इन्जुरी समयमा घलेले गोल गरेका हुन् ।

आर्मीले उपाधिसहित १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता भएको थ्री स्टारले ६ लाख रुपैयाँ हात पारेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए । यही माघ ९ देखि सुरु भएको प्रतियोगितामा एक विदेशीसहित १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्