कोषमा ४ हजार श्रमिकको सवा २ करोड «

कोषमा ४ हजार श्रमिकको सवा २ करोड

सरकारले नागरिकको सामाजिक सुरक्षा प्रत्याभूत गर्न लागू गरेको सामाजिक सुरक्षा ऐनअनुसार पहिलो चरणमा सो रकम जम्मा भएको हो । सामाजिक सुरक्षा कोषमा कार्यकारी निर्देशक कपीलमणि ज्ञवालीले ५ हजार १ सय प्रतिष्ठानका ७४ हजार श्रमिक योजनामा दर्ता भएको जानकारी दिए। “यसरी दर्ता भएकामध्ये भुक्तानी प्रणालीमा आबद्ध भइसकेका प्रतिष्ठान (रोजगादाता)ले२ हप्ता अवधिमा ४ हजारभन्दा बढी श्रमिकको योगदान रकम योजनामा जम्मा गरिसकेका छन् ।” कार्यकारी निर्देशक ज्ञवालीले कारोबारसँग भने, “पहिलो चरणमा श्रमिकको योगदान रकम २ करोड ७ लाख जम्मा भएपनियोगदान गर्ने क्रम बढ्दै गइरहेको छ ।”
यो योगदान रकम शंकर होटल, एसियन पेन्ट्स, आम्दा नेपाल, द बेकरी क्याफे, सिद्धार्थ भ्यु होटल र त्रियोग स्कुलका श्रमिक कमचारीको आधारभूत परिश्रमिकबाट छुट्याइएको कोषले जनाएको छ ।
कोषले श्रमिकको योगदान रकम भुक्तनी प्रणाली सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडअन्तर्गत २५ वाणिज्य बैक, १९ विकास बैंक र ९ वटा फाइनान्स कम्पनी निर्धारण गरेको छ । यी बैंक तथा वित्तीय संस्थाको कनेक्टेड आईपीएस प्रणाली मार्पmत ४ हजार योगदानकर्ताले रकम भुक्तानी गरेका हुन ।
रोजगारदाताले श्रमिकको पारिश्रमिक बैंकमा जम्मा गरेपछि सामाजिक सुरक्षा कोषको सफ्टवेयरले स्वतः ३१ प्रतिशत रकम छुट्याएर राख्ने गरेको छ । यसरी जम्मा भएको ३१ प्रतिशत मध्येबाट पनि ऐनमा उल्लेख गरे अनुसार रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नु पर्ने प्रणालीको विकास गरेकोछ ।
यस्तो रकम कोषले औषधि उपचार,स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि १ प्रतिशत, दुर्घटना तथा अशक्ततासुरक्षा योजनाको लागि १.४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाको लागि०.२७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाको लागि २८.३३ प्रतिशत बाडफाँडगर्ने गरी प्रणाली विकास गरेको छ ।

बाडफाँड गरिएको रकम पनि ४ भागमा प्रणालीलेछुट्छुट्टै खातामा जम्मा गर्ने गरेको छ । रोजगारदाताले कोषको प्रणालीमा दर्ता गरेको आधारभुत तलब आधारमा सो रकम स्वत काटिने गरेको कोषले जनाएको छ ।
सामाजिक सुरक्षा ऐन २०७४ अनुसार श्रमिकको योगदानको दर आधारभुत पारिश्रमिकको ११ प्रतिशत मात्र रोजगारदाताले कट्टा गरी रोजगारदाताले २० प्रतिशत मात्र थप गर्नु पर्ने छ ।
सामाजिक सुरक्षा कोषमा सूचीकरण भइ योगदान रकम जम्मा गर्न सुरु गरेपनि श्रम ऐनको परिच्छेदन १० अनुसार संचय कोष, उपदान र औषधी उपचार बीमा बापतको थप रकम जम्मा गर्नु पर्ने छैन ।
सरकारले सामाजिक सुरक्षा योजनामा अनिवार्य सूचीकरण हुने अन्तिम म्याद असोज महिनासम्म निर्धारण गरेको छ । सूचीकरणको समयावधी सकिनै लाग्दा कोषले विभिन्न क्षेत्रगत प्रतिष्ठान उद्योग, शैक्षिक संस्था, व्यवसाय, होटल, संघ संस्थालाई छुट्टाछुट्टै भेटघाट गरी सुझाव, प्रतिक्रिया र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्